अमेरिकामा एकैदिन ३० हजार संक्रमित थपिए, शनिवार मात्रै १८ सय बढीको ज्यान गयो

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमै ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख ८ हजार ८२८ जनाले ज्यान गुमाएका छन् भने १७ लाख ८० हजार ३१५ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ ।

त्यस्तै ४ लाख ४ हजार ३१ जना स्वास्थ्य उपचार पछि निको भएका छन् । त्यस्तै यो समाचार तयार पार्दासम्म विश्वभर ५० हजार ५९२ जनाको अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोनाको महामारीले ग्रस्त अमेरिकामा यो समाचार तयार पार्दासम्म २० हजार ५७७ जनाले ज्यान गुमाएका छन् भने ५ लाख ३२ हजार ८७९ जनालाई कोरोनाको संक्रमण भएको छ । त्यस्तै अमेरिकामा ११ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्युयोर्कमा १ लाख ८१ हजार १४४ जनामा कोरोनाको संक्रमण रहेको छ भने ८ हजार ६२७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै न्युजर्सीमा २ हजार १८३ जनाले ज्यान गुमाएका छन् भने ५८ हजार १५१ जनामा कोरोनाको संक्रमण रहेको छ । त्यस्तै मिशिगनमा यो समाचार तयार पार्दासम्म २३ हजार ९९३ जनामा संक्रमण रहेको छ भने १ हजार ३९२ जनाले ज्यान गुमाएका छन् ।

शनिवार मात्रै अमेरिकामा ३० हजार संक्रमित थपिएका छन् । त्यस्तै शनिवार नै अमेरिकामा १८ सय ३० जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?