कोरोना संक्रमित महिलाले जन्माइन् स्वस्थ बच्चा

काठमाडौं । कोरोनाबाट संक्रमित एक २६ वर्षीय इजरायली महिलाले स्वस्थ बच्चाको जन्म दिएकी छिन् ।

उनलाई अस्पताल लगेर भेन्टिलेटरमा राखिएको थियो । उनले शल्यक्रियामार्फत स्वस्थ बच्चालाई जन्म दिएकी हुन् ।

गत महिनाको अन्त्यमा उनी आफ्नै हिंडेर तेल अभिभ नजिकैको सेवा मेडिकल सेन्टरमा पुगेकी थिइन् । सुरुमा उनलाई ज्वरो र वान्ता आएको अस्पतालका प्रवक्ता जोडी सिंगरले बताइन् ।

यी शिशुमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । तर आमाले अझै शिशुलाई समाउन पाएकी छैनन् । उनी क्रिटिकल केयर युनिटमै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?