काठमाडौंमा मेघ गर्जनसहित वर्षा, चट्याङ र हुरीबाट सतर्क रहन आग्रह !

काठमाडौं । काठमाडौंमा अहिले वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

कस्तो छ आज र भोलिको मौसम ?

चैत्र २९ गते (शनिबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू(भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

चैत्र ३० गते (आईतबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?