काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस जनावरबाट सरेको भन्दै चीनले मासुका लागि पालिने पशुपालनको सूची तयार पारेको छ । विभिन्न अध्ययनहरुले कोरोना भाइरस पशुपंक्षीबाट सरेको भन्ने देखाएसँगै चीनले उक्त सूची तयार पारेको हो ।
चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी यतिबेला विश्वभरि फैलिएको छ । साथै वुहानमा जंगली जनावरबाट कोरोना भाइरुरस सरेको आशंका गरिएको छ । त्यसै अनुसार बेइजिङ शहरमा जंगली जनावर र तिनीहरुको मासु बिक्रि वितरणमा रोक समेत लगाएको थियो ।
तर, यो पारित भने भइसकेको छैन । चीनको कृषि मन्त्रालयले तयार पारेको सूची अनुसार सुँगुर, गाई, कुखुरा र भेडासँगै मृग, अस्ट्रिजको मासु खान योग्य हुने बताइएको छ ।त्यहाँको मन्त्रालयले बुधबार सूची तयार गरि सार्वजनिक गरेको हो । तर यो कार्यान्वयनमा भने आइसकेको छैन् । त्यस्तै कुकुरको मासुमा भने प्रतिबन्ध लगाइएको छ ।
कोरोना भाइरस रोकथामका लागि विश्वमा नै विभिन्न किसिमका औषधिहरु परिक्षणहरु भइरहेको छन् । तर कुन जनावरबाट यसको संक्रमण फैलियो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर विश्वका कतिपय अध्ययनहरुले भने चमेरो, जंगली बिरालो र पांगोल्नबाट मानिसमा कोरोना सरेको आशंका गरि अध्ययनलाई अगाडी बढाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया