काठमाडौं – सम्पूर्ण विश्व कोरोना भाइरसको प्रभाव नियन्त्रणमा लागेको अवस्थामा पनि भारतीय मिडिया नेपाल बिरुद्धको दुष्प्रचारमा नै व्यस्त छ ।
भारतको प्रतिष्ठित पत्रिका द दिन्दुस्तान टाइम्सको अनलाइन भर्सनले शुक्रबार नेपाल के जरिए भारत में कोरोना फैलाने की साजिश, कोविड १९ के मरीज कर सकते हैं घुसपैठ शिर्षकमा यस्तो समाचार छापेको छ, हेर्नुस् !

समाचार अनुसार नेपालको पर्सा जिल्लाका जालिम मुखियाले भारतमा कोविड १९ महामारी फैल्याउन षडयन्त्र गरिरहेको र यस सम्बन्धमा पश्चिम चंपारणका डिएम ले एसपी लाइ पत्र लेखेर अर्लट गरेको समाचार दिन्दुस्तान टाइम्स लेख्दछ हेर्नुस् तस्वीर

भारत र नेपालमा दुइ देश कामका लागि निर्वाध रुपमा आउन जान सक्ने व्यवस्था रहेको छ । हाल कोरोन भाइरस र लगातरको लकडाउनका कारण सिमाना क्षेत्रमा घर फर्किन चाहनेहरुको ठूलो समूह भेला भएको छ । जसलाई दुवै देशले आपसी समझदारीमा यथास्थानमा राख्ने व्यस्था मिलाउँदै आएको छ ।

नेपाल र भारत दुवै देशका प्रधानमन्त्री लगातरको सम्पर्कमा छन् र शुक्रबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ । संवादका क्रममा कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमति भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।
यस्तै लकडाउनको कारण एक अर्काको मूलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिइएको पनि ओलीले बताएका छन् ।
दुइ देशबीच कोरोना भाइरस र यसको रोकथामको लागि प्रयास भईरहँदा भारतीय मिडियामा आउने यस्ता अतिरन्जित संचारहरुले समाजमा तनाव उत्पन्न गर्ने निश्चित देखिन्छ र यस्तो कार्य तत्काल बन्द गरिनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया