कस्तो छ आईसीयूमा रहेका जोनको अवस्था ? यसो भन्छन डाक्टर

ललितपुर, २४ माघ – फूलचोकी जंगलमा हराएको सातौं दिनमा बुधबार फेला परेका जोन तामाङको उपचार अझै आईसीयूमा भइरहेको आजको कान्तिपुरमा खबर छ जोनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकले जनाएका छन् । ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचाररत तामाङबारे चिकित्सक ओम अधिकारीले ‘स्थिति सुधारोन्मुख’ भएको जानकारी दिए हिउँले खाएर प्लास्टर गरिएको उनको दुवै खुट्टाको अवस्था राम्रो हुँदै गएको चिकित्सकले जनाएका छन् जोनकी आमा रिमाले छोराको अवस्था अझै नाजुक रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?