काठमाडौं । इटालीमा कोरोना भाइरसको प्रकोपका कारण मृत्यु हुने चिकित्सकहरुको संख्या १०० पुगेको छ । इटालीका फेडरेशन अफ टाक्टर्स गिल्डले यसको जानकारी दिएका हुन् ।
प्रसिद्ध डाक्टर समर सिन्जावको मृत्युसँगै इटालीमा कोरोनाको संक्रमणबाट मृत्यु हुने डाक्टरको संख्या १०० पुगेको हो ।
अप्रिल महिनाको शुरुवातमा अन्नानो एसोम्ड मेडिकल युनियनले देशमा १० हजार भन्दा धेरै स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरसको संक्रमण पाइएको बताएको थियो ।
कोरोना भाइरसका कारण इटालीमा यो समाचार तयार पार्दासम्म १८ हजार २७९ जनाले ज्यान गुमाएा छन् भने, १ लाख ४३ हजार ६२६जनामा संक्रमण देखिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया