काठमाडौं । कोरोना भाइरसको कारण अमेरिकाका चर्चित लोक गायक जोन प्राइनको निधन भएको छ । ७३ वर्षीय जोन प्राइनको कोरोनाका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
१७ मार्चमा कोरोनाको लक्षण पोजेटिभ पाइएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
उनको मंगलवार अस्पतालमै उपचारमा क्रममा निधन भएको पारिवारिक श्रोतले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।
उनकी श्रीमती तथा प्रबन्धक फियोनाले एक ट्वीट गर्दै उनको मृत्यु बारे जानकारी दिएका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया