मलेसियामा २४ घण्टामा थपिए १५६ कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसरको संक्रमण मलेसियामा पछिल्लो २४ घण्टामा थप १५६ नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

त्यससँगै बुधवारसम्म कोरोना संक्रमितको संख्या चार हजार ११९ पुगेको मलेसियाको स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । मलेसियामा एक पाकिस्तानीसहित हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको भएको अन्र्रािष्ट्रय सञ्चारमाध्ययमले जनाएका छन् ।

साथै दक्षिणपूर्वी एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको मलेसियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?