रोकिएन कोरोनाको प्रकोप : फ्रान्समा एकैदिन १४०० बढीको मृत्यु

काठमाडौं । विश्वका २०९ देशमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसका कारण अहिलेसम्म ८२ हजार ८० जनाको ज्यान गईसकेको छ भने १४ लाख ३१ हजार ७०६ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै ३ लाख २ हजार १५० जना उपचार पछि निको भएर घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा ४७ हजार ८९४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा १० हजार ३२८ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा १ लाख ९ हजार ६९ जना जनामा कोरोनाको संक्रमण रहेको छ भने १९ हजार ३३७ जना उपचार पछि निको भएका छन् ।

फ्रान्समा मात्रै ७ हजार १३१ जनाको अवस्था गम्भीर रहेको छ । मंगलवार मात्रै फ्रान्स १ हजार ४ सय १७ जनाले ज्यान गुमाएका छन् ।

फ्रान्समा दिनानुदिन कोरोनाको महामारीबाट मृतक तथा संक्रमितको संख्या अत्याधिक वृद्धि भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?