फ्रान्समा एकैदिन १४ सय १७ जनाले गुमाए कोरोनाको कारण ज्यान !

काठमाडौं । फ्रान्समा मंगलबार कोरोनाबाट एकैदिन सर्वाधिक १४ सय १७ जनाले ज्यान गुमाएका छन् । यो सँगै फ्रान्समा पनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म फ्रान्समा कोरोनाबाट १० हजार ३ सय २८ जनाको मृत्यु भएको हो ।

फ्रान्समा अहिलेसम्म १ लाख ९हजार६९ जनामा कोरोनाको संक्रमण देखिँदा १९ हजार ३३७ जना त निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?