भारतको अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली फेला परे

काठमाडौं । भारतमा कोरोना आशंका गरिएका फरार नेपालीलाई पक्राउ गरिएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको एक अस्पतालबाट फरार नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको हो ।

कोरोना संक्रमणको आशंका गरिएका ती नेपाली सुनसरी भोक्राहाका ६५ वर्षीय वृद्ध भएको अनुसन्धानपछि पत्ता लागेको छ । भारतको उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा उपचाररत रहेकै अवस्थामा उनी फरार रहेका थिए ।

उनी तबलिगी सम्मेलनमा सहभागी हुन पुगेका थिए । उक्त सम्मेलनमा सहभागी व्यक्तिमा कोरोना देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । तर, शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको थियो । उपचारका लागि अस्पताल भर्ना गरिएका उनी सोमवार राति अस्पतालको सिसा फुटाएर भागेका थिए ।

उनको खोजीका लागि बागपत प्रहरीले सार्वजनिक सूचना निकालेर १० टोली परिचालन गरेको त्यहाँको सञ्चार माध्ययमले जनाएका छन् ।

बागपत प्रहरीका आईजी रेंज मेरठलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएअनुसार, प्रहरीको तीव्र खोजीपछि कोरोना संक्रमित ती नेपाली खेकडाको एक इँटाभट्टा नजिकबाट पक्राउ परेका छन् ।

साथै ती व्यक्तिलाई पक्राउ गरि अहिले उपचारका लागि पुनः अस्पताल लगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?