लकडाउनको बेला साइकल यात्रामा निस्किएपछि न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीको घटुवा

काठमाडौं । कोरोना भाइरसको कारण जारी लकडाउल उल्लंघन गरेपछि न्युजिल्याण्डका स्वास्थ्यमन्त्री घटुवामा परेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको लकडाउनको क्रममा साइकल यात्रामा निस्किएका डेभिड क्लार्क घटुवामा परेका हुन् । मन्त्रीको जिम्मेवारी खोसेर उनलाई सहायक स्वास्थ्यमन्त्रीमा घटुवा गरिएको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार क्लार्कले लकडाउनको बेलामा परिवारसँग ४० किलोमिटर यात्रा गरेको स्वीकारेका छन् । उनले यो कामको लागि क्षमायाचना गर्दै आफूले आफैंलाई ‘मूर्ख’को संज्ञा दिएका छन् ।
स्वास्थ्यमन्त्रीले लकडाउन उल्लंघन गरेको घटनाको मुलुकभर विरोध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?