काठमाडौं । रुसमा लकडाउनको बेला घरबाट बाहिर निस्किएका व्यक्तिहरुलाई एक डाक्टरका श्रीमानले गोली हानेर ५ जनाको हत्या गरेका छन् । हत्या गर्नेवाला व्यक्ति पनि अस्पतालमै काम गर्ने भएको पाइएको छ ।
रुसको रायजान क्षेत्रमा उक्त घटना भएको बताइएको छ । ३१ वर्षका एनटन फ्रान्चिकोवले बाटोमा हिँडीरहेका मानिसहरुलाई शुरुमा आफ्नो बार्दलीबाटै गाली गरेका थिए । तर उनको रिस त्यत्तिमा मात्रै सिमित भएर र आखिरमा शिकार गर्ने राइफल निकालेर फ्ल्याटको ब्लकमा छिरेर ५ जनाको गाली हानी हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
पाँच जनामध्ये एक महिला पनि भएको सञ्चारमाध्यमहरुमा खबर छ । उक्त ५ जना मध्ये रहेकी एक महिला गर्भवती समेत रहेको पुलीसहरुको दाबी छ ।
उनले हल्ला गर्दा सुतिरहेको आफ्नो बच्चा उठ्ने भन्दै गाली हानेको बताएका छन् । साथै उनले आइसोलेसनमा बस्न भनेको बेला चार्दै हिँडेकोमा झनै रिस उठेको र गोली हानेको बताएका छन् ।
हत्या गरेपछि उनलाई पुलिसले गिरफ्तार गरेको छ । तर उनले पुलिसले गिरफ्तार गर्न लाग्दा भाग्न खोजेको पुलिस प्रवक्तालेृ बताएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै पूरा देश लकडाउन घोषित गरेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया