भारतका २९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, बनाइयो अस्पताललाई क्वारेन्टाइन

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतको मुम्बईमा कार्यरत २९ जना स्वास्थ्यकर्मीमा देखिएको छ । उनीहरुलाई कोरोना संक्रमण देखिएपछि मुम्बईमा रहेको वर्कहार्ड अस्पताल परिसरलाई क्‍वारेन्टाइन क्षेत्र घोषित गरेको छ।

बिएमसी (ब्रिहान मुम्बई म्युनिसिपल कर्पोरेसन) ले सोमबार २६ नर्स तथा ३ डाक्टरमा कोरोना संक्रमण पोजेटिभ देखिएको बताएको थिए ।

त्यसपछि मुम्बईको केन्द्रमा रहेको यस अस्पतालमा कोरोना संक्रमितका नयाँ बिरामी भर्नामा रोक लगाइएको छ।

साथै उक्त अस्पतालमा कार्यरत दुई सय ७० जना कर्मचारीको जाँच गरिएको छ। ‘यो दुर्भाग्यपूर्ण छ, कसरी यति धेरैमा संक्रमण फैलियो, हामी आफैं अचम्ममा परेका छौं।’ अस्पतालका आयुक्त सुरेश काकानीले भने ।

साथै अस्पतालमा रहेका सबैलाई सतर्क रहन उनले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?