काठमाडौँ, २३ माघ- संविधानले आधारभूत तह (कक्षा ८ सम्म) लाई अनिवार्य र निःशुल्क घोषणा गरेको छ । तर, साढे चार लाख बालबालिका विद्यालयबाहिर छन् । विद्यालय तह अर्थात् कक्षा १२ सम्मका झन्डै १५ लाख बालबालिका विद्यालयबाहिर रहेको शिक्षा विभागले जनाएको छ विभागको पछिल्लो तथ्यांक सन् २०१६–१७ को फ्ल्यास १ रिपोर्टअनुसार विद्यालय उमेर समूहका बालबालिकामध्ये ४ लाख ३९ हजार ४१ हजार विद्यालयबाहिर रहेका छन् । जसमध्ये दुई लाख १८ हजार सात सय ७८ छात्रा र दुई लाख २० हजार दुई सय ६३ छात्र छन् । कक्षा १ मा भर्ना हुने उमेरका बालबालिका अझै ३० हजारभन्दा बढी विद्यालयबाहिर छन् । यीमध्ये छात्र १५ हजार एक सय ७४ र छात्रा १५ हजार १ सय ७० छन् काठमाडौं उपत्यकामा मात्रै अनिवार्य शिक्षा लिनुपर्ने उमेर समूहका २६ हजार २ सय ४३ बालबालिका विद्यालयबाहिर छन् । जसमा १७ हजार एक सय ९३ छात्र र नौ हजार ५० छात्रा छन् । सबैभन्दा बढी काठमाडौंमा २० हजार चार सय १५, ललितपुरमा दुई हजार नौ सय ८५ र भक्तपुरमा दुई हजार आठ सय ४३ बालबालिका विद्यालयबाहिर रहेको विभागको तथ्यांक छ । कक्षा १० सम्म अध्ययन गर्ने उमेर समूहका बालबालिकाको संख्या ३३ हजार सात सय ९० रहेको छ, नयाँ पत्रिकामा खबर छ सबैभन्दा बढी विद्यालयबाहिर रहेका जिल्लाआधारभूत तहमा सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर रहेको जिल्ला धनुषा हो । सो जिल्लामा आधारभूत तहमा १३ हजार २ सय ८९ छात्रा र ११ हजार ९ सय ८४ छात्र गरी कुल २५ हजार २ सय ७३ बालबालिका रहेका छन् त्यसैगरी, सर्लाहीमा १३ हजार १ सय ६२ छात्रा र १० हजार ३ सय ४८ गरी कुल २३ हजार ५ सय १० बालबालिका विद्यालयबाहिर छन् । मोरङ, सिरहा, सुनसरी, सप्तरी, बारा, पर्सा, रौतहट धेरै बालबालिका विद्यालयबाहिर रहने जिल्लामा पर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया