आजको दिन अर्थात् अप्रिल ४ इतिहासमा युद्धका ठूला दुई घटनासँग जोडिएको छ । सन् १८५८ को ४ अप्रिलका दिन अंग्रेजीहरुसँग भारतवर्षको युद्ध हुँदा झाँसीकी रानी (लक्ष्मीबाई) ले झाँसी छोडेर जानुपरेको थियो ।
अंग्रेजीसँग युद्धमा हार व्यहोरोपछि उनी झाँसीबाट निस्किएर काल्पी गएकी थिइन् र त्यहाँबाट उनी ग्लावियर गएकी थिइन् ।
सन् १९४४ कै दिन ‘द ब्याटल अफ कोहिमा’ शुरु भएको थियो । जसले दक्षिण एशियाको तर्फ बढीरहेको जापानको कदमलाई रोकेको थियो ।
यी घटनालाई इतिहासका महत्वपूर्ण घटनाका रुपमा लिने गरिन्छ । यो बाहेक पनि ४ अप्रिलमा अन्य केहि घटनाहरु भएका छन् । के के हुन् त ति घटना ? आज हामी तपाईलाई त्यसकै बारेमा जानकारी गराउनेछौँ ।
१. ४ अप्रिल सन् १९३८ मा अन्तरिक्ष ‘शटल च्यालेन्जर’ले आफ्नो पहिलो उडान भरेको थियो ।
२. ४ अप्रिल सन् १९७९ मा पाकिस्तानका पूर्व प्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई मृत्युको सजाय भएको थियो ।
३. ४ अप्रिल सन् १९६८ मा नासाले ‘अपोलो ६’ को प्रक्षेपण गरेको थियो ।
४. अमेरिकाको गान्धी भनेर चिनिने डाक्टर मार्टिन लुथर किंगको हत्या पनि ४ अप्रिल सन् १९६८ मा भएको थियो ।
५. सन् १९४४ को द्वितीय विश्व युद्धमा एंग्लो अमेरिकी सेनाको अड्डामा भएको हमलामा ३ हजार नागरिकको मृत्यु भएको थियो ।
६. ४ अप्रिल सन् १८१८ मा अमेरिकी कांग्रेसले अमेरिकाको झन्डालाई मञ्जुरी दिएको थियो ।
७. ४ अप्रिल सन् १७६९ मा ह्यादर अलीले पहिलो एंग्लो म्यासुर युद्धमा शान्तीको शर्त स्वीकारेका थिए ।
८. ४ अप्रिल सन् १९०५ मा भारतको कांगडा घाँटीमा गएको भूकम्पमा परेर २० हजार मानिसहरुको मृत्यु भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया