लकडाउनको निगरानी गर्न रोबोट परिचालन

काठमाडौं । ट्युनिसियाको राजधानी ट्युनिसमा लकडाउनको निगरानी गर्न रोबोट परिचालन गरिएको छ । सडकमा हिंड्ने जोकोहीको यसले सुराकी गरिरहेको हुन्छ ।

यसले ती मानिसहरुलाई भेटेर किन बाहिरि निस्किएको भन्दै प्रश्न पनि सोध्छ । ती मानिसले आफ्नो आईडी र अन्य कागजात रोबोटका क्यामेरामा देखाउनुपर्छ, जसलाई हेरेर अधिकारीहरुले उनीहरुको जाँच गर्छन् ।
ट्युनिसियामा कोरोनाका कारण १४ को जनाको मृत्यु भइसकेको छ ।

अहिले लकडाउन दोस्रो सातामा छ । मानिसहरु अत्यावश्यक सामाग्री र औषधी खरिदबाहेक अन्य काममा बाहिर निस्कन पाउदैंनन् । यस उत्तर अफ्रिकी देशमा अहिलेसम्म ४ सय ३६ जनामा संक्रमण देखिइसकेको छ । इभोना रोबोटिक्स कम्पनीले यस रोबोट निर्माण गरेको हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?