ईरानी सांसद अध्यक्षलाई कोरोना संक्रमण

काठमाडौं- ईरानी सांसदका अध्यक्ष अली लारीजानीलाई घातक कोरोना भाईरसको संक्रमण देखा परेको छ । समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार बिहिवार लारिजानीको कोरोना टेष्ट पोजेटिभ पाइएको हो ।

रिजल्ट आएपछि बिहिबार नै लारीजानीलाई आइसोलेसनमा राखेर उपचार गरिँदैछ । यसअघि ईरानमा केहि ईरानी सांसदहरुलाई कोरोना पोजेटिभ भेटिएको थियो । जसमा सुप्रिम लिडर अयातुल्लाअलिखामिनी, अलिअकबरवेलयाती र उपाध्यक्ष ईसाकजहांगीरीका वरिष्ट सल्लाहकार समेत रहेका छन् ।

विदेशमन्त्री महम्मद जवाद जरिफका सल्लाहकारसहित थोरैमा ७ अधिकारीहरु र सांसदहरुको भाइरसका कारण ज्यान गइसकेको छ ।

यो समाचार तयार पार्दासम्म ईरानमा ३ हजार २ सय ९४ जनाको मृत्यु भएको छ भने त्रिपन्न हजार एकसय ८३ जनामा संक्रमण देखिएको छ ।

अंग्रेजी वर्षको डिसेम्बर महिनाको अन्तिम साता चीनको वुहान शहरबाट फैलिएको भनिएको कोरोना भाइरसका कारण विश्व भयभित छ । कोरोनाको कारण यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार २३७ जनामा संक्रमण देखिएको छ भने ५६ हजार ५ सय ७० जनाको मृत्यु भएको छ । विश्वभर फैलिएको कोभिड १९ बाट संक्रमित भएर उपचारपछि २ लाख २२ हजार २ सय ४० जना निको भएका छन् त्यस्तै विश्वभर अहिलेसम्म सक्रिय केस ७ लाख ६३ हजार २ सय एघार जना रहेको छ । त्यस्तै गम्भिर संक्रमितको संख्या ३८ हजार ४ सय १५ रहेको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?