काठमाडौं – यतिबेला कोरोना भाइरसका कारण सिंगो विश्व बन्धनमा बाँधिएको छ । विश्वका अधिकांश देशले आफ्नो देश र नागरिक जोगाउन हरसम्भव कोसिस गरिरहेका छन् । उनीहरुले लकडाउनको नीति अबलम्बन गर्दै नागरिकलाई घरभित्रै बस्न निर्देशन दिएका छन् । नेपालमा पनि लकडाउन गरिएको आज एघारौँ दिन हो । यसैबीच लकडाउन नीति कायम गर्न सारा विश्वले विभिन्नन उपायहरु अवलम्बन गरेका छन् ।
यसैबीच अफ्रिकी देश नाइजेरियामा एकजना युवकले लकडाउन उल्लंघन गरेबापत उनलाई त्यहाँका प्रहरीले गोली हानेका छन् । अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार उनलाई आज लकडाउनको नियम उल्लंघन गरेका कारण गोली हान्ने आदेश आएको थियो ।
कोरोना भाइरसको रोकथामलाई मध्यनजर गर्दै नाईजेरियन सरकारले लकडाउनको नियम उल्लंघन गरेपछि उनलाई गोली हानेको हो । पुलिस र एक स्थानीय जनप्रतिनीधिले अन्तर्राष्टिय सञ्चारमाध्यमलाई शुक्रबार यसबारेमा जानकारी दिएका हुन् ।
नाईजेरियामा अहिलेसम्म १ सय ९० जनामा कोरोनाको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ ।
अंग्रेजी वर्षको डिसेम्बर महिनाको अन्तिम साता चीनको वुहान शहरबाट फैलिएको भनिएको कोरोना भाइरसका कारण विश्व भयभित छ । भाइरसको उद्गमस्थल वुहान र सिंगो देश क्रमिक रुपमा तङ्ग्रीँदै छ । तर अरु देशमा भने दैनिक हजार भन्दा धेरै मानिस मरिरहेका छन् । कोरोनाको कारण यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार २३७ जनामा संक्रमण देखिएको छ भने ५६हजार ५ सय ७० जनाको मृत्यु भएको छ ।
विश्वभर फैलिएको कोभिड १९ बाट संक्रमित भएर उपचारपछि २ लाख २२ हजार २ सय ४० जना निको भएका छन् त्यस्तै विश्वभर अहिलेसम्म सक्रिय केस ७ लाख ६३ हजार २ सय एघार जना रहेको छ । त्यस्तै गम्भिर संक्रमितको संख्या ३८ हजार ४ सय १५ रहेको छ ।
भाइरसका कारण सबैभन्दा धेरै प्रभावित बनेको छ, ईटली । यहाँ १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । आज भने ईटलीमा भाइरसको संक्रमणबाट कसैको पनि मृत्यु भएको अभिलेख छैन । संक्रमित संख्या भने १ लाख १५ हजार २ सय ४२ पुगेको छ ।
त्यस्तै महामारीबाट अत्याधिक प्रताडित देशहरुको दोस्रो नम्बरमा रहेको स्पेनमा १ लाख १७ हजार ७ सय १० जनामा संक्रमण देखा परेको छ । १० हजार ९ सय ३५ जनाको मृत्यु भएको छ । आजमात्रै स्पेनमा पाँच सय ८७ जनाले ज्यान गुमाएका छन् । पाँच हजार ६ सय ४५ जना नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै ६ हजार ४ सय १६ जना कोरोना संक्रमितको अवस्था गम्भिर बनेको छ ।
उता प्रभावित देशको तेस्रो नम्बरमा रहेको अमेरिकामा २ लाख ४५ हजार ४ सय ४२ जना संक्रमित रहेका छन् भने आजमात्रै ५ सय ६५ जना नयाँ संक्रमित फेला परेका छन् । ६ हजार ९८ जनाले अहिलेसम्म ज्यान गुमाएका छन् भने पाँच हजार ४ सय २१ संक्रमितको अवस्था गम्भिर रहेको छ । आजमात्रै २८ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै चौँथो प्रभावित देशको सूचीमा फ्रान्स रहेको छ । त्यहाँ अहिलेसम्म ५ हजार ३ सय ८७ जनाले ज्यान गुमाएका छन् भने ५९ हजार १०५ जानमा संक्रमण देखिएको छ । उता युकेमा ३८ हजार १ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ हजार ६ सय ५ जनाले ज्यान गुमाएका छन् । आजमात्रै ४ हजार ४ सय ५० जना नयाँ संक्रमित पाईएको छ भने आज नै ६ सय ८४ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै अर्को प्रभावित देश चीनमा अहिलेसम्म ३ हजार ३ सय २२ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ६ सय २० जनामा कोरोना संक्रमण देखिएको छ । र आजमात्रै ३१ वटा नयाँ केस फेला परेका छन् भने थप ४ जनाले भाइरसका कारण आज ज्यान गुमाएका छन् ।
उता ईरानमा ३ हजार २ सय ९४ जनाले ज्यान गुमाएका छन् भने ५३ हजार १ सय ८३ जनामा कोरोनाको संक्रमण देखा परेको छ । त्यस्तै २ हजार ७ सय १५ जना नयाँ संक्रमित फेला परेका छन् भने आजमात्रै १ सय ३४ जनाले जयान गुमाएका छन् ।
त्यस्तै अर्को प्रभावित देश नेदरल्याण्डमा अहिलेसम्म १ हजार ४ सय ८७ जनाले ज्यान गुमाएका छन् भने १छ हजार ७ सय २घ जनामा संक्रमण देखिएको छ । र आजमात्रै एक सय ४८ जनाले जयान गुमाउँदा एक हजार २६ जना नयाँ संक्रमित फेला परेका छन् ।
त्यस्तै अर्को संक्रमित देश बेल्जियममा १ हजार १ सय ४३ जनाले ज्यान गुमाएका छन् भने १६ हजार ७ सय ७० जनामा कोरोनाको संक्रमण देखिएको छ । र आजमात्रै १ सय ३२ जनाले ज्यान गुमाएका छन् भने १४ सय २२ जना नयाँ संक्रमित पाइएका छन् ।
त्यस्तै अर्को प्रभावित देश जर्मनीमा ८७ हजार २ सय ४४ जना संक्रमण पाईएको छ भने एक एक सय ३८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै आजमात्रै जर्मनीमा थप ३१ जनाको मृत्यु भएको छ भने २ हजार ४ सय ५० जना नयाँ संक्रमित पाईएको छ ।
छिमेकी मूलुक भारतमा अहिलेसम्म ७२ जनाको ज्यान गएको छ भने २४ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार ५ सय ६७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया