काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्रीले अस्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थीलाई अफ्ठेरो भए आफ्नो देश फर्किन सुझाव दिएका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नियमित प्रभातकालीन सन्देशमा बोल्दै उक्त सुझाव दिएका हुन् ।
उनले भने, ‘उनीहरुको प्रवेशाज्ञा शर्तमा अस्ट्रेलियामा एक वर्ष आफूलाई आफैं सहयोग गर्न सक्ने कुरामा सहमति छ ।’
प्रधानमन्त्री मरिसनले अस्ट्रेलियामा भएका विदेशी पर्यटकहरुलाई पनि समस्या भएमा स्वदेश फर्किने उपयुक्त समय यही भएको बताए ।
उनले आफ्नो सरकारले घोषणा गरेका सुविधाहरु यो महामारीका बेला आफ्ना नागरिक तथा स्थायी बासिन्दाका लागि भएको स्पष्ट पारे । अस्ट्रेलियामा भएका हजारौं विद्यार्थी नर्सहरुलाई भने कामको अवसर भएको उनको भनाइ छ ।
शिक्षा र जागिरको खोजीमा अस्ट्रेलियामा लाखौँ नेपालीहरु छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया