काठमाडौं । कोरोना भाइरसको महामारी लगातार बढी नै रहेको छ ।
पछिल्ला केहि दिन यता त झनै भाइरसले आक्रान्त बनाइरहेको छ । संक्रमितहरुको संख्यामा अत्याधिक वृद्धी हुनका साथै केहि दिन यता मृत्यु हुनेहरुको संख्यामा पनि अत्याधिक वृद्धी भई नै रहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को एक रिपोर्टले यसको खतरा झनै बढाइदिएको छ । रिपोर्टका अनुसार कोरोना भाइरसको प्रभाव अझै धेरै बढ्नेछ ।
डब्ल्युएचओले यो महामारी यत्तिकैमा सिमित नहुने र अझै धेरैजनालाई महामारीले आफ्नो शिकार बनाउने भन्दै सारा विश्वबासीलाई सतर्क रहन चेतावनी दिएको हो ।
अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या १० ला १६ हजार ७ सय ९३ पुगेको छ भने मृतकको संख्या ५३ हजार २४५ पुगिसकेको छ ।

डब्ल्युएचओका अनुसार यो महामारी यतिकैमा सिमित नहुने र अझै धेरै मानिसहरु यसको शिकार हुने बताएको छ । आउने दिनमा यो भन्दा पनि घातक परिणामदेखिने भन्दै विश्व स्वास्थ्य संगठनले विश्वबासीलाई सचेत गराएको छ ।
डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोमले भनेका छन्, ‘यो महामारी आएपछि पनि हामी चौथो महिनामा प्रवेश गरिसकेका छौ । पछिल्ला ५ हप्तामा कोरोनाका घटनाहरु अत्याधिक बढेका छन् । मृतकको आँकडा पनि दुईगुणाले बढेको छ ।यस्तो अवस्था कोरोनाको कहर रोकिने भन्दा पनि झनै बढ्ने खतरा देखिएको छ । त्यसैले आउने दिनहरुमा कोरोनाको रुप झनै भयानक हुनेछ ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया