के इटालीमा क्रेनबाट ‘डम्प’ गरिँदैछ हजारौँ लाश ? यस्तो छ सत्य

काठमाडौं । कोरोना भाइरसले अहिले सारा विश्वमै हाहाकार मच्चाएको छ । हरेक दिन कोरोनाबाट संक्रमित हजारौँ व्यक्तिहरुले ज्यान गुमाईरहेका छन् ।

अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण विश्वभर ५३ हजार २ सय ३१ जनाको ज्यान गएको छ भने, १० लाख १५ हजार ८७७ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

त्यस्तै उपचार पछि विश्वभरमा अहिलेसम्म २ लाख १२ हजार ९९२ जना निको भएका छन् । यसैबीच अत्याधिक प्रभावित इटालीमा कोरोना भाइरसका कारण अहिलेसम्म १३ हजार ९१५ जनाको ज्यान गएको छ भने, १ लाख १५ हजार २४२ जनामा संक्रमण देखा परेको छ ।

यसैबीच सोसल मिडियामा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । सोसल मिडियामा बिभिन्न अफवाहहरु फैलिरहेका छन् ।

हालैमात्र सोसल मिडियामा भाइरल बनेको उक्त भिडियो इटालीको भएको दाबी गरिएको छ ।

के छ भिडियो भित्र ?

भिडियोमा देख्न सकिन्छ कि, एक क्रेनले धेरै शवहरु अत्याधिक मात्रामा उठाइरहेको छ । र भिडियोमा एक ठाउँमा ति शवहरु खन्याइरहेको देख्न सकिन्छ ।

भिडियो शेयर गर्नेवाला व्यक्तिले उक्त भिडियो इटालीको भएको दाबी गरेका छन् भने ति शवहरु पनि कोरोना भाइरसबाट मर्नेवालाको भएको बताएका छन् ।

के हो सत्य ?

वास्तवमा सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडियो फेक रहेको छ । यो इटालीको भिडियो होइन , यो भिडियो साउथ कोरियन फिल्म फ्लू को एक सिन हो ।

जसलाई कोरोनाबाट मृत्यु भएको भनेर शेयर भईरहेको छ । यो भिडियोको कोरोना वा इटालीसँग केहि सम्बन्ध छैन ।

एजेन्सीको सहयोगमा

https://www.facebook.com/moinuddin.hasanaltaf/videos/10157403988157831/?t=23

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?