इटालीमा महामारी : ४ हजार ५३ जनाको अवस्था गम्भीर, एकैदिन ७६० जनाको गयो ज्यान

काठमाडौं । कोरोनाको महामारीले यसबेला सारा विश्व नै त्रसित बनेको छ ।

कोरोनाको पछिल्लो समयमा अमेरिका, इटाली, स्पेन, ब्रिटेन, जर्मनी, फ्रान्स, ईरान, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी अति प्रभावित बनेका छन् ।

सारा विश्वमा अहिलेसम्म ५३ हजार २०० जनाको मृत्यु भईसकेको छ भने १० लाख १५ हजार ६७२ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

यसैबीच सबैभन्दा प्रभावित देश इटालीमा अहिलेसम्म कोरोनाका कारण १३ हजार ९१५ जनाको ज्यान गएको छ । साथै १ लाख १५ हजार २४२ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

त्यस्तै भाइरसबाट उपचार पछि १८ हजार २ सय ७८ जना निको भएका छन् । त्यस्तै इटालीमा ४ हजार ५३ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बिहीवार मात्रै कोरोना भाइरसका कारण इटालीमा ७६० जनाको ज्यान गएको छ भने बिहीवार नै ४ हजार ६६८ जना नयाँ संक्रमित फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?