कोरोना अपडेट : विश्वभर ३६ हजार ६९६ जनाको अवस्था गम्भीर, कति देशमा फैलियो महामारी ?

काठमाडौं । कोरोनाको प्रकोपबाट विश्वका कुनै पनि देश अछुतो छैनन् ।

अहिलेसम्म विश्वका २०४ देशहरुमा कोरोना भाइरसको महामारी फैलिइसकेको छ । कोरोनाको महामारीबाट यो समाचार तयार पार्दासम्म विश्वभरमा ५३ हजार १ सय ९० जनाले ज्यान गुमाइसकेका छन् भने १० लाख १५ हजार ४ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।

त्यस्तै २ लाख १२ हजार २ सय २९ जना उपचार पछि निको भएका छन् । विश्वभरि कोरोनाका संक्रमितहरु भने अहिले ७ लाख ५० हजार ४७ रहेका छन् ।

त्यस्तै अहिलेसम्मका संक्रमितहरु मध्ये २ लाख ६५ हजार ४ सय १९ वटा केस भने बन्द भईसकेका छन् ।

बन्द भईसकेकामध्ये ५३ हजार १ सय ९० जनाको ज्यान गईसकेको छ भने २ लाख १२ हजार २ सय २९ जना निको भईसकेका छन् ।

त्यस्तै विश्वभरमा ३७ हजार ६ सय ९६ जना संक्रमितहरुको अवस्था गमभीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?