कोरोना संक्रमणबाट चर्चित अमेरिकन गायक एडमको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चर्चित अमेरिकन गायक एडम स्लासिंगरको मृत्यु भएको छ । अमेरिकाको प्रख्यात ‘ग्राम्मी अवार्ड’ विजेता ५२ वर्षीय एडमको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । उनको निधनसँगै गायन उद्योग शोकमा डुबेको छ ।

उनको निधनप्रति थुप्रै कलाकारले श्रद्धान्जली व्यक्त गरेका छन् । सन् १९९० बाट सांगीतिक यात्रामा रहेका एडम गायक मात्र नभएर उनी लेखक, संगीतकार तथा निर्मातासमेत थिए ।

‘ओस्कार’, ‘गोल्डेन ग्लोब’ जस्ता चर्चित अवार्डका लागि नोमिनेसनमा पर्न सफल एडमले सन् २००९मा कमेडि एल्वम्बाट चर्चित ‘ग्रामी अवार्ड’ जित्न सफल थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?