लकडाउन उल्लंघन गर्नेलाई गोली ठोक्नुस् : फिलिपिनो राष्ट्रपति डुटर्टे

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टे यतिखेर निकै चर्चामा छन् । राष्ट्रपति डुटर्टे लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश दिएर चर्चामा आएका हुन् । राष्ट्रपति डुटर्टेले टेलिभिजनको सम्बोधनमा प्रहरी र सेनाका अधिकारीलाई गोली हान्ने आदेश दिएका हुन ।

‘लकडाउनको अवधिमा कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिति निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस्’ राष्ट्रपतिले सम्बोधनमा भनेका छन् । सरकारसँग खाद्य सहायताको माग गर्दै प्रदर्शन गर्ने मनिलाको क्युजन सिटीका २१ जनालाई पक्राउ गरेपछि डुटर्टोले यस्तो आदेश दिएको बीबीसीले जनाएको छ ।

फिलिपिन्समा २ सातादेखि लकडाउन भइरहेको छ । स्यान्टिटाउनका बासिन्दाले आफूहरुले खाद्य र राहत सामग्री नपाएको गुनासो गरेका छन् । प्रहरी अधिकारी जनरल रोनी मोन्तेजोले बासिन्दालाई घरभित्रै क्वारेन्टिनमा बस्न भनेका छन् । फिलिपिन्समा यतिखेर लाखौ नागरिक घरभित्रै रहेका छन् ।

गत डिसेम्बर महिनाको अन्तिम साता चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरस कोभिड १९ को कारण विश्व आतंकित छ । यसैबीच आज नेपालमा पनि लकडाउन गरिएको ११ औँ दिन हो । यहाँ पनि अत्यावश्यक सवारीबाहेक अरुलाई आवतजावतमा रोक तथा हिँडडुल, र घरबाहिर ननिस्कन भनिएको छ । यो सामाग्री तयार पार्दासम्म ४८ हजार मानिसको मृत्यु भएको छ । संक्रमित संख्या ९ लाख ५४ हजार पुगेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?