काठमाडौं । कोरोना भाइरसका कारण स्पेनको अवस्था अत्याधिक नाजुक भएको छ । हरेक दिन मृतकको संख्यामा अत्याधिक वृद्धि भएसँगै स्पेनमा कोरोना भाइरसको हाहाकार मच्चिएको हो ।
अहिलेसम्म स्पेनमा १० हजार ३ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने १ लाख १० हजार २ सय ३८ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।
कोरोनाका कारण स्पेनमा अत्याधिक मानिसहरुको मृत्यु भएसँगै स्पेनको अवस्था नाजुक बनेको हो । स्पेनमा आजमात्रै ६सय १६जनाको मृत्यु भएको छ ।
साथै ६ हजार १ सय २० जना नयाँ संक्रमित देखा परेका छन् । त्यस्तै २६ हजार ७ सय ४३ जना निको भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया