कोरोना भाइरस : इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतीलाई कोरोना संक्रमण

काठमाडौं । इजरायमा कोरोना भाइरसको प्रकोप तीव्र गतिले फैलिरहेको छ ।

कोरोना भाइरसले इजरायलका स्वास्थ्य मन्त्री तथा उनकी श्रीमतीलाई पनि आफ्नो शिकार बनाएको छ ।

कोरोनाबाट संक्रमित भएपछि उनीहरु दुबैले आफूलाई आइसोलेसनमा राखेका छन् ।

बिहीवार इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिट्जम्यान र उनकी श्रीमतीले कोरोना भाइरसबाट संक्रमित भएको र आफू आइसोलेट भएको जानकारी दिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?