भारतमा आक्रामक बन्दै कोरोना भाइरस : एकैदिन २३ जनाको ज्यान गयो

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगिसकेको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण २०३२ जना संक्रमित भएका छन् ।

बुधवारमात्रै भारतमा ६०१ नयाँ संक्रमित फेला परेका थिए भने बुधवार नै २३ जनाको मृत्यु भएको थियो ।

त्यस्तै यो समाचार तयार पार्दासम्म भारतमा ३४ नयाँ संक्रमित भेटिएका छन् ।

कोरोना महामारीविरुद्ध लड्न भारत सरकारले २१ दिनको लकडाउन घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?