अष्ट्रेलियाको न्यु साउथ वेल्समा ३ महिना लकडाउन गरिने

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण अष्ट्रेलियाको न्यु साउथ वेल्सले ३ महिना लकडाउन गर्ने भएको छ । कोरोना संक्रमण थप जटिल नहोस भन्नका लागि अहिले जारी रहेको लकडाउन जुन २७ सम्म जारी राखिने न्यु साउथ वेल्सका प्रहरी कमिश्नर मिक फुलरले जानकारी दिएका छन् ।

यो अष्ट्रेलियाको कोभिड–१९ बाट सबैभन्दा प्रभावित क्षेत्र हो । कोरोना भाइरस नियन्त्रणका लागि चालिएको कदमले सकारात्मक नतिजा दिइरहेको भन्दै प्रशंसा भइरहेको बेलामा न्यु साउथ वेल्सले यस्तो निर्णय गरेको हो ।

साथै उक्त लकडाउन उक्त समयाबधी भन्दा बढि नबनाइने त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । अहिले न्यु साउथ वेल्सका मानिसलाई अष्ट्रेलियामा सबैभन्दा कठिन प्रतिबन्ध लगाइएको छ ।

अधिकतम जरिवाना ११ हजार डलर र छ महिनाको जेल सजाय तोकिएको छ । त्यहाँ लकडाउन उल्लंघन गरे तत्काल प्रतिव्यक्ति एक हजार डलर जरिवाना लगाउन पाउने अधिकार प्रहरीलाई दिइएको जनाइएको छ ।

यहाँका मानिसलाई घरबाट बाहिर निस्किन कानूनले नछेकेको कामको कारण चाहिन्छ । काम, पढाइ, शपिङ तथा खाद्यान्नको लागि भने प्रतिबन्ध नलगाइएको त्यहाँका सञ्चारमाध्ययमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?