काठमाडौं । अफगानी शान्ती सम्झौतामा अमेरिका-तालिबानको बीचमा अहम सम्झौता भएपछि पनि अफगानिस्तानमा लगातार आतंककारी हमला भई नै रहेको छ ।
यसैबीच दक्षिण अफगानिस्तानमा बुधवार साँझ एक बम हमला भएको छ । उक्त हमलामा परेर एकै परिवारका ६ बच्चा सहित ८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
हमलाको जिम्मेवारी अहिलेसम्म कुनै पनि संगठनले लिएको छैन । हेलमन्ड प्रान्तका पुलिस प्रवक्ता जमाम हमदर्दले जानकारी दिएका छन् ।
कारमा बसेर दक्षिण जिल्ला ग्रेश्क जान लागेका परिवार माथि हमला भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया