आइसोलेसनबाटै ब्रिटेनका प्रधानमन्त्री जोनसनले गरे पहिलो ‘भर्चुअल बैठक’

काठमाडौं । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसोन सबै मन्त्रीपरिषद्का सदस्यहरुसँग कोरोना भाइरस फैलिनबाट रोक्नका लागि क्याबिनेटको पहिलो भर्चुअल बैठक बसेका छन् ।

पीएम जोनसनको अध्यक्षतामा बसेको उक्त बैठकमा सरकारी कामकाजका विषयमा चर्चा भएको थियो ।

बैठकमा उनका अहम सहयोगी स्वास्थ्य मन्त्री म्याट ह्यानकक र चीफ मेडिकल अफिसर प्रो किस विट्टी समेत सहभागी थिए ।

उनीहरु सबैजनाको सेल्फ आइसोलेसनबाटै भिडियो कन्फरेन्सको माध्यमद्वारा बैठक बसेका थिए ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोविड १९ को लक्षण देखा परेपछि सेल्फ आइसोलेसनमा रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?