कोरोना पछिल्लो अपडेट : विश्वमा मृतकको संख्या ४३ हजार नाघ्यो, कति पुगे संक्रमित ?

काठमाडौं । विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण सारा विश्वमा यो समाचार तयार पार्दासम्म ४३ हजार ४ सय ३० जनाको मृत्यु भएको छ ।

त्यस्तै, ८ लाख ७४ हजार ६ सय १५ जनालाई संक्रमण भएको छ भने १ लाख ८४ हजार ९ सय ५२ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म कोरोनाको संक्रमण विश्वका २०३ वटा देशमा फैलिएको छ ।

चीनको वुहान शहरबाट शुरु भएको महामारीका कारण इटालीमा अहिलेसम्म १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ भने १ लाख ५ हजार ७ सय ९२ जनामा भाइरसको संक्रमण देखा परेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म ९ हजार ५३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख २ हजार १ सय ३६ पुगेको छ ।

त्यस्तै अमेरिकामा भाइरसका कारण ४ हजार ५९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ४८ हजार ६ सय ३९ पुगेको छ ।

फ्रान्समा अहिलेसम्म भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय २३ पुगेको छ भने संक्रमितको संख्या ५२ हजार १ सय २८ पुगेको छ ।

त्यस्तै कोरोनाको उद्गमस्थल चीनमा भाइरसका कारण अहिलेसम्म ३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । भाइरसका कारण चीनमा आज थप ७ जनाको मृत्यु भएको हो । इरानमा ३ हजार ३६ जनाको मृत्यु हुँदा संक्रमितको संख्या ४७ हजार ५ सय ९३ रहेको छ ।

अमेरिकामा अहिलेसम्म महामारीका कारण ३ हजार १ सय ७३ जनाको ज्यान गएको छ भने सबैभन्दा धेरै कोरोनाका संक्रमित पनि अमेरिकामै रहेका छन् ।

त्यस्तै ब्रिटेनमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ८९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?