काठमाडौं – छिमेकी मूलुक चीनले कोरोना भाइरस परीक्षण किट र अन्य मेडिकल सामग्रीको निर्यात रोकेको छ । कोरोना भाइरस तथा अन्य मेडिकल सप्लाइ उत्पादक कम्पनीले जुन चिनियाँको हो उनीहरुले आन्तरिक बजारमा ती सामग्री बिक्री गर्ने लाइसेन्स नलिएसम्म ती उत्पादनहरु अन्य मुलुकमा निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । यसअघि चिनियाँ कम्पनीहरुले आफ्नो उत्पादन निर्यात गर्नका लागि सीई प्रमाणीकरण भए पुग्थ्यो । तर, अहिले आन्तरिक बजारमा बिक्री गर्न लाइसेन्स लिएको हुनुपर्ने प्रावधान राखिएको छ ।
यसो किन गरियो ?
चीनले निर्यात गरेका परीक्षण किट र अन्य मेडिकल सप्लाइका विषयमा युरोप अन्य विभिन्न उत्पादनको गुणस्तर र विश्वसनीयतामाथि प्रश्न उठ्नुका साथै आलोचना भएपछि चीनले यस्तो निर्णय गरेको हो ।
साउथ चाइना मर्निङ पोस्टले चीनले जारी गरेको यो नियम कोरोना भाइरस टेस्ट किट, मास्क, पीपीई, भेन्टिलेटर र इन्फ्रारेड थर्मोमिटर उत्पादन गर्ने सम्पूर्ण कम्पनीहरुलाई लागु हुने मंगबार चिनियाँ वाणीज्य मन्त्रालय, सामान्य प्रशासन र राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमार्फत जनाइएको लेखेको छ ।
त्यसैगरी ती कम्पनीहरुले सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरेको हुनुपर्ने र चिनियाँ भन्सार नियोगले प्रमाणीकरण गरेको हुनुपर्नेसमेत विज्ञप्तिमार्फत उल्लेख गरिएको छ । विज्ञप्तिमा थप भनिएको छ, यो नियम हरेक कम्पनीका लागि लागू हुनेछ । कसैले यो नियम उल्लंघन गर्न खोजेमा कडा कारबाही गरिनेछ ।
विश्वभर कोरोना भाइरसको महामारी बढ्दै जाँदा कोरोना परीक्षण किट र अन्य मेडिकल सप्लाइको माग बढेको छ । नेपालमा पनि चीनबाट निर्यात गरिएका सामानहरु नक्कली भएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । एजेन्सीको सहयोगमा
र्यापिड किट खरिद प्रकरण : यसकारण सम्झौता रद्ध, कति धरौटी हुँदैछ जफत ?
काठमाडौं – कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री र्यापिड टेष्ट किट लगायतका मेडिकल सामाग्री खरिद सम्झौता विवादीत बन्दै गएपछि अन्तत स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । आज भएको नियमित पत्रकार सम्मेलनमार्फत् यो जानकारी दिईएको हो । सरकारले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग भएको सम्झौता रद्धगरेसँगै धरौटीबापत दिइएको पाँच करोड रुयैयाँ धरौटी समेत जफत गर्ने भएको छ । पत्रकार सम्मेलनमा महानिर्देशक महेन्द्र श्रेष्ठले विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गर्ने भएको जानकारी दिए ।
गत चैत्र १४ गते ओम्नी समूहसँग यो सम्झौता भएकोमा आज १९ गते रद्द गरिएको हो । यस कम्पनिले पहिलो लटमा सामान ल्याएको छ । दोस्रो लटमा भोली आउँने छाँटकाँट नभएपछि सम्झौता रद्द गरिएको हो । उसले पहिलो लटमा ल्याएको समान २७ करोड रुपैयाँ बराबरको रहेको बुझिएको छ ।
यसैबीच चीनबाट आयात गरिएको स्वास्थ्य उपकरणमा आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको अवस्थामा आजै र्मन्त्रालयले आफ्नो प्रष्टीकरण विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।
हालसम्म नेपालमा ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । उनीहरुको उपचार भइरहेको छ । यतिबेला नेपाल सरकारले दोस्रोपटक आह्वान गरेको लकडाउनका कारण यो महामारीबाट बच्न नागरिक घरमा नै बसिरहेका छन् ।
कोरोना भाइरस कोभिड १९ का कारण यो समाचार तयार पार्दासम्म ४३ हजार २ सय ७५ जनाको मृत्यु भएको छ । ८ लाख ७३ हजार ८ जना मानिस संक्रमित भएका छन् । १ लाख ७८ हजार ६ सय ६८ जना भाइरसबाट संक्रमित भएकोमा निको भएर घर फर्किएका छन् । कोरोनाको कारण सबैभन्दा धेरै ईटलीका नागरिकले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया