काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कोरोना भाइरस (कोविड-१९) संसारका लागि दोश्रो विश्वयुद्ध भन्दा पछिको सबैभन्दा ठूलो खतरा भएको बताएका छन् ।
कोरोना भाइरस दोश्रो विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो महामारी भएको बताउँदै महासचिव गुटरेसले भाइरसका कारण संसारमा पछिल्लो केहि दशक यता कसैले नदेखेको भयंकर मन्दी आउने बताएका हुन् ।
महामारीको प्रकोपले सामाजिक र आर्थिक दुष्प्रभावमा संयुक्त राष्ट्र संघले गरेको एक रिपोर्ट लञ्चको अवसरमा गुटेरेशले यस्तो बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
कोरोना भाइरसले संसारभरमा ४३ हजार भन्दा धेरैको गयो ज्यान
कोरोना भाइरसबाट अहिलेसम्म ८ लाख ७२ हजार ९ सय ७७ जना संक्रमित भएका छन् भने ४३ हजार २ सय ७५ जनाको मृत्यु भईसकेको छ । त्यस्तै १ लाख ८४ हजार ५ सय ९६ जना निको भएर घर फर्किएका छन् ।
सुपर पावर अमेरिकामा पनि कोरोनाको महामारी
संयुक्त राष्ट्रसंघका महासचिवको चेतावनी यस्तो बेलामा आएको छ कि, जब संसारको एकमात्र सुपर पावर अमेरिकामा कोरोना भाइरसको महामारी चीनको भन्दा धेरै पुगिसकेको छ ।
अमेरिकामा कोरोना भाइरसको कारण यो समाचार तयार पार्दासम्म ४ हजार ५९जनाले ज्यान गुमाइसकेका छन् भने १ लाख ८८ हजार ६सय ३९ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।
संसारकै सबैभन्दा सर्वश्रेष्ठ अस्पताल अमेरिकामा नै रहेको छ, साथै चिकित्सा सुविधाहरु, सुरक्षको उपाय पनि एकदमै राम्रो र अचूक रहेको बताइन्छ ।
तर जोेन्स हेपिकन्स विश्वविद्यालयका अनुसार अमेरिकामा धेरै कोरोना संक्रमितहरु रहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया