राष्ट्रसंघीय प्रस्ताव अनुसार कश्मिर समस्याको समाधानमा जोड

काठमाडौं, २२ माघ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसंघीय प्रस्तावअनुरुप समाधान हुनुपर्नेमा जोड दिएका छन् पाकिस्तानी दूतावासले सोमबार आयोजना गरेको ‘जम्मु कास्मिकर विवादको ऐतिहासिक यथार्थ’ विषयक प्रवचनमा उनले कास्मिरका जनताको भावना बमोजिम जनमत संग्रह हुनुपर्ने राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा जोड दिए वरिष्ठ पत्रकार राजन कार्कीले सरकारका कुनै पनि मुलुक मानवअधिकार उल्लंघनका घटनाबाट मुक्त हुनुपर्ने बताउँदै कास्मिर समस्या संयुक्त राष्ट्रसंघकै प्रस्तावअनुरुप हुनु आवश्यक भएको उल्लेख गरे विश्लेषक शास्त्रदत्त पन्तले पण्डितले नेहरुले गरेको वाचा बमोजिम कास्मिरी जनताका आकांक्षा सम्बोधन हुनुपर्ने विचार व्यक्त गरे हरेक वर्ष फेब्रुअरी ५ अर्थात आजकै दिन पाकिस्तानले विश्वभर ऐक्यबद्धता दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?