पाकिस्तानमा कोरोना ‘रिलिफ फन्ड’ गठनसँगै प्रधानमन्त्री खानले लिए यस्तो निर्णय

काठमाडौं । प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा कोरोना भाइरसको महामारीसँग लड्नको लागि कोरोना भाइरस ‘रिलीफ फन्ड’ बनाउने घोषणा गरेका छन् ।

यस फन्डमा आर्थिक सहयोग गर्नेवालाहरुसँग उसको श्रोत नसोधिने बताइएको छ । साथै पाकिस्तानी प्रधानमन्त्री खानले ‘टाइगर फोर्स’ बनाउने पनि घोषणा गरेका छन् ।

यस फोर्समा युवाहरु हुने र देशैभर लकडाउनको अवस्था आईपरे टाइगर फोर्समा सहभागी युवाहरुले जनताको घरघरमा रासन पुर्यादिने बताएका छन् ।

यसका लागि युवाहरुको गठन प्रक्रिया पनि शुरु भईसकेको छ ।

पाकिस्तामा अहिलेसम्म कोरोना भाइरसको महामारीबाट २६ जनाको मृत्यु भईसकेको छ भने २ हजार ३९ जनामा भाइरसको संक्रमण रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?