काठमाडौं । भारतबाट पाकिस्तान फर्किएका एक पाकिस्तानी नागरिकमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।
पाकिस्तानी मिडियामा प्रकाशित एक खबरका अनुसार ति व्यक्ति आइतवार (२९) मार्चमा भारतबाट पाकिस्तान प्रवेश दिइएका ५ जना मध्ये एक भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनीहरुका लागि पाकिस्तानले केहि समय मात्र सिमा खुलाएको थियो । उनीहरु मेडिकल भिजामा उपचारका लागि भारत आएका बताइएको छ । तर कोरोना भाइरस फैलिएपछि उनीहरुलाई फेरी पाकिस्तान नै बोलाइएको थियो ।
उनीहरु पाँचै जनालाई भारतबाट पाकिस्तान गए लगत्तै कोरोना टेस्ट गराइएको र टेस्टमा एक जनाको रिपोर्ट पोजेटिभ पाइएको पाकिस्तानी सञ्चारमाध्यहरुले बताएका छन् ।
भारतका बिभिन्न ठाउँमा बसेका ति ५ नागरिक एहसान अहमद, जावेद इकवाल, लक्ष्मीबाई र शोभराजले ‘एक्सप्रेस ट्रिब्युन’लाई पठाएको सन्देसमा पाकिस्तानी अधिकारीहरुले भारतबाट फर्काउने व्यक्तिहरुको सूचीमा मात्र उनीहरु ५ जनाकै नाम भएको जनाइएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया