शारीरिक सम्बन्ध राख्दा कोरोना भाइरस सर्छ कि सर्दैन ?

काठमाडौं । अहिले विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म ३९ हजार २५ जनाको मृत्यु भइसकेको छ । शारीरिक सम्बन्ध राख्दा कोरोना भाइरस सर्छ कि सर्दैन ? भन्ने प्रश्न धेरैको मनमा उठ्न सक्छ । यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ।

के कोरोनाभाइरस महामारीको समयमा शारीरिक सम्बन्ध सुरक्षित राख्नु सुरक्षित हुन्छ ?

डा.एलेक्स जर्ज भन्छन्, यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले शारीरिक सम्बन्धमा परिवर्तन गर्नुपर्दैन । तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ । सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ ।

एलिक्स फक्स: आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नु हुँदैन । यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ ।

नयाँ मानिससँग शारीरिक सम्बन्ध राख्नु हुन्छ ?

डा. एलेक्स जर्ज:  म यो अवस्थामा नयाँ मानिससँग शारीरिक सम्बन्ध राख्ने सल्लाह दिन्नँ। किनभने त्यसो गर्दा कोरोनाभाइरस सर्न सक्ने सम्भावना हुन्छ ।

एलिक्स फक्सस् के नबिर्सिनुहोस् भने कोरोनाभाइरस भएका केही मानिसहरूमा लक्षण देखिएको हुँदैन। त्यसैले तपाईँ एकदमै ठिक देखिनुभएको छ भने पनि तपाईँबाट अरूमा चुम्बनबाट पनि भाइरस सर्न सक्छ ।

के यौनाङ्ग छोएका कारण कोरोनाभाइरस सर्छ ?

डा. एलेक्स जर्ज: यदि तपाईँ एकअर्काको यौनाङ्ग छुनुहुन्छ भने त्यो समयमा तपाईँहरूले चुम्बन गर्ने सम्भावना ज्यादा हुन्छ र हामीलाई थाहा छ भाइरस थुकबाट सर्छ ।

मुखबाट हातमा, हातबाट यौनाङ्गमा, यौनाङ्गबाट हातमा र त्यसपछि हातबाट नाकमुखमा भाइरस सर्न सक्छ । अहिलेको अवस्थामा भाइरस सर्न सक्ने सबै खाले कुराहरू नगर्नु नै उचित हुन्छ । त्यसैले तपाईँसँगै नबसेका साथीसँग यो पनि नगर्नु नै उचित हुन्छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?