९३ र ८८ वर्षका वृद्ध-वृद्धाले जिते कोरोनाविरुद्धको लडाई

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण संसार आक्रान्त बनेको छ ।

कोरोनोको कारण अहिलेसम्म विश्वमा ३८ हजार ७ सय ३६ जनाको मृत्यु भइसकेको छ भने करिव ८ लाख मानिस संक्रमित तथा १ लाख ६९ हजार ९ सय ९५ भन्दा धेरै मानिस निको समेत भइसकेका छन् ।

यो भाइरसको संक्रमण युवामा भन्दा वृद्धवृद्धामा बढि जोखिम हुने कुरा जानकारहरुले बताएका छन् ।

तर भारतमा भने ९३ र ८८ वर्षे दुई व्यक्तिले कोरोनालाई हराउन सफल भएका छन् । कोरोना भाइरसबाट संक्रमित केरलाका ९३ वर्षीय थोमस र उनकी पत्नी ८८ वर्षीया मरियम्मा उपचारपछि निको भएका हुन् ।

अस्पतालबाट उनीहरु डिस्चार्ज भइसकेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?