कोरोना भाइरस : पाकिस्तानमा २५ जनाको मृत्यु, संक्रमितको संख्या बढ्दो

काठमाडौं । पाकिस्तानमा कोरोना भाइरसका कारण हाहाकार मच्चिएको छ । पाकिस्तानमा भाइरसका कारण अहिलेसम्म २५ जनाको ज्यान गएको छ भने भाइरसबाट १ हजार ८ सय ६५ जना संक्रमित रहेका छन् ।

आजमात्रै पाकिस्तानमा ४ जनाको मृत्यु भएको छ । पाकिस्तानी स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार पाकिस्तानको पञ्जाव प्रान्तमा सबैभन्दा धेरै संक्रमित रहेका छन् ।

पञ्जावमा ६२५ जना कोरोनाका संक्रति रहेका छन् । त्यसपछि सिन्धमा ६२५, खैबर पख्तुनख्वामा २२१, बलुचिस्तानमा १५३, गिलगत बाल्टिस्तानमा १४८, इस्लामबादमा ५८ र काश्मिरमा ५ जना कोरोनाका संक्रमितहरु रहेका छन् ।

त्यस्तै पाकिस्तान सरकारका अनुसार पछिल्लो २४ घण्टामा १४८ नयाँ संक्रमित फेला परेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?