कोरोना अपडेट : ३८ हजार भन्दा धेरैको मृत्यु, ह्वात्तै बढे संक्रमित

काठमाडौं । विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण सारा विश्वमा अहिलेसम्म ३८ हजार १ सय १ जनाको मृत्यु भएको छ ।

त्यस्तै, ७ लाख ८९ हजार ८ सय ६ जनालाई संक्रमण भएको छ भने १ लाख ६६ हजार ७ सय ३० जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म कोरोनाको संक्रमण विश्वका २०० वटा देशमा फैलिएको छ ।

चीनको वुहान शहरबाट शुरु भएको महामारीका कारण इटालीमा अहिलेसम्म ११ हजार ५ सय ९१ जनाको मृत्यु भएको छ भने भाइरसबाट १ लाख १ हजार ७ सय ३९ जनामा भाइरसको संक्रमण देखा परेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म ७ हजार ७ सय १६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८७ हजार ९ सय ५६ पुगेको छ ।

त्यस्तै चीनमा ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ । भाइरसका कारण चीनमा आज थप १ जनाको मृत्यु भएको हो । इरानमा २ हजार ७ सय ५७ जनाको मृत्यु हुँदा संक्रमितको संख्या ४१ हजार ४ सय ९५ रहेको छ ।

अमेरिकामा अहिलेसम्म महामारीका कारण ३ हजार १ सय ७३ जनाको ज्यान गएको छ भने सबैभन्दा धेरै कोरोनाका संक्रमित पनि अमेरिकामै रहेका छन् ।

अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १ लाख ६४ हजार ३ सय ५९ पुगेको छ । त्यस्तै ब्रिटेनमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?