कोरोना भाइरस : अभिनय छोडेर नर्स बन्दै संक्रमितको सेवामा खटिइन् यी ‘एक्ट्रेस’, विश्वभर नै चर्चा

काठमाडौं । कोरोना भाइरसको प्रकोपबाट देशबासीहरुलाई बचाउनको लागि हरेक मानिसहरु बिभिन्न तरिकाहरु अपनाइरहेका छन् । सरकारले पनि बिभिन्न उपायहरुबाट जनतालाई सतर्क गराईरहेको छ ।

सेलीब्रेटीहरुले पनि आर्थिक सहयोग गरिरहेका छन् । यसैबीच भारतीय एक्ट्रेस शिखा मेल्होत्राले फरक उपाय अपनाएकी छन्, जसकारण उनको चर्चा अहिले सारा विश्वमा नै भईरहेको छ ।

उनी अभिनयलाई छोडेर महामारीबाट सबैलाई सहयोग गर्न भन्दै नर्स बनेकी छन् । उनी एक्ट्रेसका साथसाथै प्रशिक्षित नर्स समेत हुन् । उनले दिल्लीको वर्धमान कलेजमा ट्रेनिंग लिएकी थिइन् ।

अहिले उनी बीएमसी अस्पतालमा गएर कोरोनाका संक्रमितहरु उपचारमा खटिएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?