काठमाडौं । युएईमा आज ४१ जना नयाँ कोरोना भाईरस संक्रमित भेटिएका छन् । यो सँगै युएईमा संक्रमितको संख्या ६११ पुगेको छ । आज नै थप २ जनाको मृत्यु भएको छ । मृतकको सँख्या ५ पुगेको छ ।
युएई सरकारले कोरोना भाईरसको कारण ब्यवसायमा क्षति पुगेको भए कामदारलाई बेतलबी र कटौती गर्न सक्ने नयाँ नियम ल्याएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई रोक्न चालिएको कदमबाट निजी क्षेत्रमा ठूलो असर परेको भन्दै यूएईको मानव संशाधन मन्त्रालयले रोजगारदाताहरुलाई यस्तो अधिकार प्रदान गरेको हो ।
कोरोना भाइरसका कारण समस्या परेका व्यवसायीले आफ्ना श्रमिकलाई वेतलवी विदा अल्पकालिन वा पूर्ण रुपमा उनीहरुको तलव कटौती गर्न, बेतलवी रुपमा राख्न समेत पाउने गरी मन्त्रालयले निर्णय गरेको हो । अब रोजगारदाताले कामदारलाई तलबीरबेतलबी बिदा, अस्थायी र स्थायी रुपमा तलब कटौती गर्न पाइने भएको छ ।
तर यस्तो निर्णय युएईका नागरिकलाई भनें लागु हुने छैन । यो निर्णयलाई मार्च २६ देखि नै रोजगारदाताले लागू गर्न पाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया