कोरोना संक्रमितमाथि अमानवीय व्यवहार, बेडमा बाँधेर राख्दा गयो ज्यान

काठमाडौं । पाकिस्तानमा कोरोना भाइरसका कारण अहिलेसम्म २० जनाको मृत्यु भईसकेको छ भने १ हजार ६ सय ५० जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

यसैबीच एक अमानवीय भिडियो सामाजिक सञ्जालमा आएको छ । पाकिस्तानको लाहौरस्थित एक अस्पतालमा एक ७३ वर्षका कोरोना संक्रमितमाथि गुहार मागिरहेका छन् ।

उनलाई त्यहाँबाट भाग्न नसकुन् भनेर बिस्तारमा बाँधिएका थियो । त्यहाँबाट चटपटाउन पनि नपाएपछि उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यस दर्दनाक भिडियोमा ति महिला बन्धनबाट खोल्न अनुरोध गरिरहेकी देखिन्छ तर उनको कुरा कसैले सुन्दैन ।

अमानवीय व्यवहारका कारण ति संक्रमितको मृत्यु भएपछि पाकिस्तानी पत्रकार नाएला इनायतले एक ट्वीट गर्दै यस बारेमा जानकारी दिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?