काठमाडौं । जापानका हाँस्य कलाकार केन शिमुराको कोरोना भाइरसका कारण मृत्यु भएको छ । ७० वर्षका शिमुराको भाइरसका कारण आइतवार बेलुका निधन भएको हो ।
मिडिया रिपोर्टका अनुसार सोमवार विहान उनको कोरोना भाइरसका कारण निधन भएको पुष्टि भएको हो । शिमुरा देशका एकदमै चर्चित हाँस्य कलाकार थिए ।
उनले आफ्नो करियरको शुरुवात ७० को दशकमा गरेका थिए । उनले २० मार्चमा रुघाखोकी र निमोनिया भएको बताएका थिए ।
त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । २३ मार्चमा उनलाई कोरोना पोजिटिभ पाइएको थियो । कोरोना टेस्ट पोजिटिभ पाइएका उनी नै पहिला जापानी सेलीब्रेटी थिए ।
उनको वास्तविक नाम नामयासुनोरी शिमुरा थियो । उनले ७० देखि ८० को दशकमा जापानका घरघरमा नाम कमाएका थिए ।
उनले चर्चित टिभी शोमा पनि काम गरिसकेका थिए । जापानमा अहिलेसम्म कोरोना भाइरसका कारण ५४ जनाको मृत्यु भईसकेको छ ।
साथै १ हजार ८ सय ६६ जनामा भाइरसको संक्तमित देखा परेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया