काठमाडौं । थाईल्याण्डमा कोरोना भाइरसको महामारीलाई लिएर कैदीहरुले जेलमा तोडफोड गरेका छन् । आइतवार थाईल्याण्डको एक जेलमा कैदीबन्दीहरुले जेल तोडफोड गर्दै आगो लगाएर भागेका हुन् ।
बडिराम प्रान्तको एक शहरी इलाकामा रहेको जेलबाट १०० कैदीबन्दीहरुले जेलमा तोडफोड गरेर आगो लगाएको नेशनल पुलिसका डिप्टी प्रवक्ता कर्नल कृष्णा पट्टनाचेरियनले बताए ।
डिप्टी पुलिसका प्रवक्ता भने, ‘पाँच कैदीबन्दी जेलबाट बाहिर आए, ति मध्ये एकलाई बाहिर जान लाग्दा पुलिसले पक्रिएको छ।’
कर्नल कृष्णाले भने, ‘कैदीहरुले कोरोना भाइरसको महामारीलाई लिएर यसरी हंगामा मच्चाएको हुनुपर्दछ, किनकि, उनीहरुलाई कोरोनाको अत्याधिक डर थियो, भीडवाला जेलमा कोरोनाको संक्रमण धेरै हुने भएकोले उनीहरुले यस्तो गरेको हुनुपर्दछ ।’
उक्त जेलमा अहिले २१ सय जना रहेका छन् । कैदीहरुले जेलका स्लीपिङ क्वार्टर, क्यान्टिन र फर्निचर वर्कशपमा आगो लगाएका छन् ।
स्थितिलाई नियन्त्रण गर्न पुलिसले चलाएको गोलीबारीबाट दुई कैदीबन्दी गम्भीर घाईते भएका छन् । भागेका कैदीबन्दीहरुलाई भने पुलिसले खोजिरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया