काठमाडौं । विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण सारा विश्वमा अहिलेसम्म ३२ हजार १ सय ५६ जनाको मृत्यु भईसकेको छ ।
त्यस्तै, ६ लाख ८३ हजार ६ सय ९४ जनालाई संक्रमण भएको छ भने १ लाख ४६ हजार ३ सय ९६ जना निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म कोरोनाको संक्रमण विश्वका १९९ वटा देशमा फैलिएको छ ।
चीनको वुहान शहरबाट शुरु भएको महामारीका कारण इटालीमा अहिलेसम्म १० हजार २३ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा अहिलेसम्म ६हजार ५ सय २८ जनाको मृत्यु भएको छ भने ७८ हजार ७ सय ९७ जना संक्रमित रहो छन् ।
त्यस्तै चीनमा ३ हजार ३ सय जनाको मृत्यु भएको छ भने स्पेनमा ६ हजार ५ सय २८, इरानमा २ हजार ६ सय ४० जनाको मृत्यु भएको छ ।
अमेरिकामा अहिलेसम्म महामारीका कारण २ हजार २ सय ३१ र ब्रिटेनमा अहिलेसम्म १ हजार २ सय ३५ जनाले ज्यान माएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया