कोरोना भाइरसबाट चीनमा थप ५ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट बितेको २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यद्यपि चीनमा यो भाइरसबाट मृत्यु हुनेको संख्या पछिल्लाे दिनमा अत्यन्त न्यून छ ।

चीनको उहानबाट यो भाइरसको संक्रमण देखिएको भएपनि अहिले भाइरस नियन्त्रणको दिशामा रहेको चीनको भनाइ छ।

चीनमा नियन्त्रणको दिशामा रहेको पनि भाइरसका कारण विश्व अहिले आतंकित छ । चीनमा यो भाइरसको संक्रमण ८१ हजार ४३९ जनामा रहेकामा ३ हजार ३०० जनाको मृत्यु भएको छ ।

जवकी यो भाइरसबाट इटाली र अमेरिकामा चीनमा भन्दा बढीको मृत्यु हुनुका साथै संक्रमित दर पनि बढी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?